News Parwaha
२५ जेष्ठ २०७७ १९:४९

अमेरिकाले नेपाललाई चौतर्फी घेराबन्दी गर्दैछ

२५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले अमेरिकाले नेपालमाथि चौतर्फी घेराबन्दी गरेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतकसमेत रहेका उनले सुरक्षा र सामरिक विषयमा नेपाल अमेरिकाको दबाबमा परेको बताएका हुन् ।
‘सुरक्षाका सामरिक क्षेत्रहरुमा, चाहे सेक्युरिटी प्रिन्टिङ प्रेस होस्, चाहे स्टेलाइट नेटवर्क होस् सबै क्षेत्रहरुमा उसको सफ्टवेयर निर्माण गर्ने, उसका कम्पनीहरुको जिम्मा लगाउनुपर्ने यस्ता प्रकारका घेराबन्दीहरु दबाबहरु परिराखेको अवस्था छ ।’

सांसद गुरुङले अमेरिकाले आफ्नो रक्षा रणनीति इन्डोप्यासिफिक स्ट्राटेजीमा नेपाललाई राखिराखेको भन्दै त्यहाँबाट हटाउन सरकारले पहल गर्नुपर्ने बताए । ‘अमेरिकाले नेपाल इन्डोप्यासिफिकमा परेको भनिराखेको छ । त्यो लिस्टबाट हटेको छैन, त्यसलाई हटाउन भन्नमा ढिलाई भइरहेको छ’ उनले भने ।

अन्तर्राष्ट्रिय राजनीतिमा शीतयुद्ध, व्यापारिक युद्धजस्ता गतिविधि भइरहेको भन्दै सांसद गुरुङले नेपालले असंलग्न परराष्ट्र नीतिलाई ख्याल गर्नुपर्ने बताए । ‘अन्यथा नेपालकको अस्मिता समाप्त हुन सक्छ । विदेशी अखडा बन्न सक्छ’ उनले भने ।

असंलग्न आन्दोलन र सुरक्षा संवदनशीलतामा असर पर्ने कुराहरुमा सरकार दृढतापूवर्क उभिनुपर्ने सांसद गुरुङले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.