News Parwaha
३ असार २०७७ २०:५२

आईओएमको डिनमा कनिष्ठ योग्यताक्रमकी डा. दिब्या सिंह शाह नियुक्त

काठमाडौं, ३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो । आईओएमका तत्कालीन डिन प्रा.डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए । यद्यपी नवनियुक्त डिन डा.सिंह शाह अनुभव र योग्यताक्रममा कनिष्ठ रहेको बताइन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.