News Parwaha
२५ जेष्ठ २०७७ २१:०७

आजको आवश्यकता – कृषिमा प्रविधिको

कुल क्षेत्रफलको करिब ३०९१ हजार हेक्टर जमिनमा गरिएको परम्परागत उत्पादन प्रणालीबाट उत्पादित कृषिको उत्पादन दिनप्रतिदिन घट्दै गएको तथ्याङ्क कृषि विकास मन्त्रालयबाट प्रकाशित वार्षिक प्रतिवेदनमा प्रस्ट देखिन्छ । उता केन्द्रीय तथ्याङ्क विभागले जनसङ्ख्या बृदिदर कायमै रहेको देखाएको छ । कुल ग्राहस्थ उत्पादनमा एकतिहाई योगदान गर्दै करिब ६२ प्रतिशत नेपालीलाई रोजगारको अवसर प्रदान गर्ने कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । तर, कृषि उत्पादन र उत्पादकत्व हरेक वर्ष खुम्चँदै गएको छ ।

यसरी बढ्दै गएको जनसङ्ख्या र घट्दै गएको कृषिको उत्पादन बिचको दुरीले राज्यमा खाद्य अभावको समस्या देखिन थालेको छ जसको परिणाम स्वरूप राज्यले ठुलो परिमाणमा छिमेकी मुलुकबाट खाद्यान्न आयात गर्दै आएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.