News Parwaha
३ असार २०७७ २१:१५

एकतर्फी सञ्‍चालनमा आएको नारायणगढ-मुग्लिन सडक १४ घण्टा नबिस्दै पुनः अवरुद्ध

१४ घण्टा एकतर्फी रुपमा संचालनमा आएको मुग्लिङ नाराउणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । बिहान सवा चार बजे कालीखोलामा गएको पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्‍चालनमा ल्याए लगत्तै पहिरो खसेपछि पुन सडक अबरुद्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले सो स्थानमा एकतर्फी एकतर्फी रुपमा बाटो खुलाइए पनि फेरि पहिरो गएपछी सडक अबरुद्ध हुन गएको बताए । ‘करीब बेलुका सवा सात बजेतिर एकतर्फी खोलेका थियौं, फेरी माथिबाट एक्कासी पहिरो झर्नेक्रम सुरु भयो’ थापाले भने । अविरल पानी परेर रातको समयमा काम गर्न नमिल्ने भएकोले भोलि बिहान मात्र पहिरो पन्छाईने उनले जानकारी दिए । उनका अनुसार कालीखोला नजिकै चारकिलो मा समेत पहिरो गएका कारण थप समस्या भएको हो । बिहान इच्छाकामना वडा नम्बर ६ मा बिहान सवा ४ बजे पहिरो गएपछि पहिरो पन्छाई एकतर्फी चलाएपनी पुनः उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।

१४ घण्टापछि साँझ सवा ७ बजे सडक एकतर्फी रुपमा खुलेपनी फेरी अवरुद्ध भएको हो । पहिरोले ४५ मिटर सडक ढाकेको प्रहरीले जनाएको छ । सार्वजनिक यातायात नचलेपनि नीजि तथा मालबहाक सवारी साधनलाई व्यवस्थापन गर्न मुग्लिन र यता नारायणगढमा रोकिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.