२७ जेष्ठ २०७७ २०:३६
क्रिकेटमा नयाँ नियम : बल चम्काउननपाइने
२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ ।
अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ ।