News Parwaha
३ असार २०७७ २१:२५

दाङमा एक महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं, ३ असार । दाङमा कोरोना परीक्षणका लागि स्वाब संकलनमा खटिएका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । राजपुर गाउँपालिकाका ल्याब सहायक पदमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाले सञ्चालन गरेका विभिन्न क्वारेन्टाइनमा पुगेर स्वाब संकलनमा उनी खटिएकी राजपुर स्वास्थ्य शाखा संयोजक कमल रोकायले जानकारी दिए । संक्रमित स्वास्थ्यकर्मीलाई उपचारका लागि कोरोना उपचार आइसोलेसन सेन्टर मौरीघाटमा राखिएको छ। राजपुर गाउँपालिकामा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दाङमा अहिलेसम्म ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको पुष्टि भएको छ। दाङमा बुधबार थप ८ जनामा कोरोना भेटिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण क्रममा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार गाउँपालिका २ का ३६ वर्षका पुरुष, ५५ वर्षकी महिला, त्यसैगरी वडा ५ का ४६ वर्षका पुरुष, वडा ६ का ४५ वर्षका पुरुष र वडा नम्बर ७ का २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।त्यस्तै गढवा गाउँपालिका १ का २९ वर्षका पुरुष ,वडा नम्बर ४ का ३१ वर्षका पुरुष र वडा नम्बर ६ का ५५ वर्षका पुरुषमा कोरोना देखिएको हो।

दाङका १० स्थानीय तहमध्ये ८ वटामा कोरोना संक्रमण पाइएको छ। दाङमा संक्रमितको संख्या २ सय ५२ पुगेको छ। जिल्लामा तुलसीपुर, घोराही, लमही, बंगलाचुली, गढवा, राजपुर, राप्ती र बबई गाउँपालिकामा कोरोना देखिएको छ, भने दंगीशरण र शान्तिनगर गाउँपालिकामा देखिएको छैन।

You might also like

Leave A Reply

Your email address will not be published.