News Parwaha
३ असार २०७७ २१:२९

दिल्लीका स्वास्थ्य मन्त्रीमा कोरोना पोजेटिभ

काठमाडौं, ३ असार । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

स्वास्थ्यमन्त्री जैनलाई कोरोना संक्रमण भएको बीबीसीले पुष्टि गरेको हो । उनलाई बुधबार गरिएको दोस्रो परीक्षणमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । उनलाई पहिलो परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको छ । मन्त्री जैनले आइतबारको एउटा बैठकमा संघीय गृहमन्त्री अमित शाह, स्वास्थमन्त्री हर्षबर्धन, मुख्यमन्त्री अरबिन्द केजरीवालसँग भेट गरेका थिए ।

उनी सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीको राजिब गान्धी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना भएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.