News Parwaha
२५ जेष्ठ २०७७ २१:०६

स्थगन गर्ने भनेको कोरोना बीमा लेख पुनः बिक्री शुरु

काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसी बिक्रि गर्न पुनः आरम्भ भएको छ । शुक्रबारबाट कोरोना बीमा पोलिसी केहि दिन नबेच्ने निर्णय गरेको समितिले फेरि आजै शुक्रबारदेखि नयाँ व्यवस्थासहित कोरोना बीमा पोलिसी पुनः बिक्री गर्न भनेको हो ।

समितिले आजै शुक्रबार स्थगत गर्ने भनेको कोरोना बीमा लेख बिहीबार राती अबेरसम्म छलफल गरेर फेरि आजैदेखि शुरु गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने ‘बीमा लेखमा खासै कुनै परिवर्तनग गरिएको छैन,’ मात्र कोरोना बीमा समाप्त हुने समयमात्र घटाइएको छ ।’

अब कोरोना बीमाको अवधि २०७७ चैतमसान्तसम्ममात्र कायम रहने उनले जानकारी दिए । यस अघि कोरोना बीमा लेखको अवधि १ वर्षको थियो । समितिले आजैबाट आगामी चैत मसान्तसम्म मात्रै जोखिम बहन हुने गरि बीमा पोलिसी बेच्न सबै निर्जिवन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.