News Parwaha
२५ जेष्ठ २०७७ २१:०८

४० हजार जनालाई सरकारले यसरी रोजगारी सिर्जना गर्दैछ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ब्याज अुनदानबाट सिर्जना हुने उद्यम व्यवसायमा ४० हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले एक साताअघि सार्वजनिक भएको बजेटमा चालु आवमा ब्याज अनुदानबाट १० हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएकोमा यसलाई बढाएर ५० हजार पुर्याउने योजना बनाएको हो ।

आगामी आवमा सरकारले साना किसान विकास लघुवित्त संस्थामा गरेको लगानीबाट पनि ४० हजार रोजगारी सिर्जना अपेक्षा राखेको छ । अर्थमन्त्री डा.खतिवडाले बजेटमार्फत सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत रोजगारीको संख्या वृद्धि गर्न वािणज्य बैंकले प्रतिशत शाखा १० तथा विकास बैंकले प्रति शाखा ५ जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

ब्याज अुनदान कार्यविधि अनुसार अधिकतम ५ करोड रुपैयाँसम्मका कृषि तथा पशुपंक्षी कर्जा, १५ लाखसम्मका महिला उद्यमशील कर्जा, १० लाखसम्मका विदेशबाट फर्केका युवा परियोजना कर्जा दिने व्यवस्था गरेको छ । त्यसरी नै १० लाखसम्मका दलित व्यवसाय विकास कर्जा, ७ लाखसम्मका शिक्षित युवा स्वरोजगार कर्जा, ५ लाखसम्मका उच्च प्राविधिक व्यावसायिक शिक्षा कर्जा र ३ लाखसम्मका भूकम्प पीडितहरूको आवास कर्जामा ब्याज अनुदान प्रदान गरिने व्यवस्था छ । यस बाहेक पछिल्लो समय उद्यम व्यवसाय सञ्चालन गर्न तालिम लिनेको लागि पनि सो कर्जा उपलब्ध गराउने भनिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.